२०७५, चैत ०५ मङ्गलबार

वडा कार्यालयमा बम विस्फोट, ६ जना पक्राउ

२०७५, फागुन २९ बुधबार |

चितवन-भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो ।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ । घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उहाँले बताउनुभयो । राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताउनुभयो । (रासस)

28 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार