२०७६, बैशाख १० मङ्गलबार

विकिलिक्सका संस्थापक जुलियान असान्ज पक्राउ

२०७५, चैत २८ बिहिबार |

बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियान असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ । इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर मेजिस्ट्रेटसमक्ष प्रस्तुत गरिने जनाएको छ ।असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएर बसेका थिए । राजदूतावासबाट बाहिर निस्किए आफूलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिने खतरा रहेको उनले दाबी गर्दै आएका थिए । उनीमाथि अमेरिकी हजारौं वर्गीकृत सैनिक तथा कुटनीतिक केबल (पत्राचार) विकिलिक्स मार्फत सार्वजनिक गरेको आरोप छ ।

28 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस