२०७४, फागुन ०७ सोमबार

विज्ञानका मान्यता वैदिक संस्कृतिमा आधारित

२०७४, माघ ०५ शुक्रबार |

काठमाडौँ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न कालखण्डमा ऋषिमुनिले विकास गरेको पूर्वीय दर्शन र मान्यताका आधारमा बनेका परम्परा र संस्कृतिले विश्व समुदायलाई आकर्षित गरिरहेको बताउनुभएको छ ।

‘रिभो साइन्स’ नामक पत्रिकाले आज यहाँ आयोजना गरेको ‘विज्ञान र संस्कृति’ अन्तरक्रिया कार्यक्रममा उहाँले संस्कृतिले समाजको सबै जाति समुदायका अध्ययन तथा अनुसन्धानलाई सहयोग पु¥याउने बताउँदै कुनै कथा तथा कुनै धार्मिक मान्यतासँग संस्कृति जोडिने बताउनुभयो ।

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले लोपोन्मुख बन्दै गएका चेपाङ, कुसुण्डालगायत जातिका भाषाको संरक्षणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो ।

प्रा डा उदयराज खनाल, प्रा सुरेशराज चालिसे र डा लक्ष्मी खतिवडाले विज्ञानका मान्यता पनि वैदिक संस्कृतिमा आधारित रहेको बताउनुभयो । नेपाल विज्ञान प्रज्ञा–प्रतिष्ठानका सचिव बुद्धिरत्न खड्गी, धार्मिक ज्ञाता खेमचन्द्र ढकाल, पत्रिकाका सम्पादक लक्ष्मण डंगोललगायतले देशको इतिहास, परम्परा र संस्कृतिको अध्ययनपछि मुलुकका समृद्धिका लागि विभिन्न दृष्टिकोण निर्माण गर्न सकिने बताउनुभयो ।

16 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस