२०७५, माघ ०८ मङ्गलबार

शिक्षा विकासका लागि जापानले दिने भयो ३० करोड अनुदान

२०७५, असोज १९ शुक्रबार |

काठमाडौं- जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ। जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरे। शुक्रबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउने कार्यक्रममा खर्च गरिने उल्लेख गरिएको छ। कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत सैगोले नेपालको शैक्षिक क्षेत्रको विकास गरेर गरिवी निवारणको कार्यक्रमलाई प्रभावकारी बनाउन जापानले आर्थिक सहायता उपलब्ध गराएको बताए। उनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि जापान सरकार थप सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए। जापानले नेपालको दिगो आर्थिक–सामाजिक विकासका लागि ‘जाईका’ मार्फत् विभिन्न आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।

89 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

नेकपा अध्यक्ष दाहाल अस्वस्थ

२०७५, माघ ०८ मङ्गलबार