२०७६, साउन ०६ सोमबार

सबै स्थानीय तहमा पूर्वाधार विकासमा प्राथमिकता

२०७६, बैशाख ०२ सोमबार |

हेटौँडा- जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका सबै स्थानीय तहको अनुगमन सम्पन्न गरेको छ ।अनुगमनपछि सबैजसो पूर्वाधार विकासमा प्राथमिकता दिएका मकवानपुरका स्थानीय तहमा साना र टुक्रे योजना बढी संख्यामा पाइएको छ । जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका आठवटा स्थानीय तहमा गरेको अनुगमनपछि सबैजसो स्थानीय तहमा टुक्रे र साना योजना धेरै संख्यामा भेटिएको हो ।समितिका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा जिल्लामा १० वटै स्थानीय तहको अनुगमन गरिएको थियो । मकवानपुरका गाउँपालिका र नगरपालिकामा २० हजार रुपियाँदेखि करोड रुपियाँसम्मका योजना कार्यान्वयनको चरणमा छन् । समितिका प्रमुख खुलालले कर्मचारी अभावसँगै स्थानीय तहमा साना र टुक्रे योजनाका कारण ठूला योजनामा ध्यान पुग्न नसकेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहका विकास आयोजनाको स्थानीय तहको अनुगमनपछि साना योजनाको कार्यान्वयन, अनुगमन र निरीक्षणमा पनि उत्तिकै कर्मचारी लाग्ने भएकाले योजनाको प्रभावकारी कार्यान्वयनमा जटिलता देखिएको बताउनुभयो ।कर्मचारी अभावको समस्यासँगै स्थानीय तहले कामलाई व्यवस्थित गर्न नसकेको भन्दै उहाँले भन्नुभयो, सबैजसो स्थानीय तहले चालु आर्थिक वर्षको अब करिब तीन महिनामात्र बाँकी रहँदा पनि पुँजीगत खर्च भने सन्तोषजनक छैन ।
धेरै स्थानीय तहले चैतको अन्त्य हुन लाग्दा समेत योजनाहरुको सम्झौता गर्न बाँकी रहेको र गाउँ परिषद् सम्पन्न गर्न सकेका छैनन् । जनप्रतिनिधि आएपछि पनि आर्थिक वर्षको अन्त्यमा योजनाको सम्झौता गर्ने र कार्यान्वयन गर्ने परम्पराले निरन्तरता पाएको छ । समन्वय समितिले मकवानपुरको मनहरी गाउँपालिका, मकवानपुरगढी, राक्सीराङ, बागमती, भीमफेदी, ईन्द्रसरोबर, बकैयाँ, कैलाश गाउँपालिका एवं हेटौँडा उपमहानगर र थाहा नगरपालिकाको अनुगमन सम्पन्न गरेको छ । स्थानीय तहहरुले नागरिकको आर्थिक–सामाजिक जीवनस्तर परिवर्तन आउनेभन्दा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन र खर्च गर्दै आएका छन् ।
भौतिक पूर्वाधारको विकासमात्र विकास हो भन्ने मान्यतालाई तोड्दै विकासको अवधारणमा परिवर्तन आवश्यक भएको भन्दै प्रमुख खुलालले भन्नुभयो, मानवीय विकासमा जोड दिनु आवश्यक छ ।स्थानीय तहको अनुगमनको क्रममा समितिले ठूला पूर्वाधार सडक, खानेपानी, भवन निर्माणलगायतका क्षेत्रको अनुगमन गरिएको थियो । प्राकृतिक श्रोतमाथिको दोहन रोक्न संरक्षणमा जोड दिन अनुगमन टोलीले स्थानीय तहलाई सुझाएको छ ।

41 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार