२०७६, असार ०३ मङ्गलबार

समृद्ध नेपालको सूत्र

२०७६, बैशाख २३ सोमबार |

धेरै मानिस छन् जो सपनामा विश्वास गर्दैनन् । तर मलाई भने सपना औधी मन पर्छ जसरी अहिलेका प्रधानमन्त्रीलाई पर्छ । भनाइको मतलव प्रधानमन्त्रीले रेलदेखि पानीजहाजसम्म, चुलोमा सोझै ग्यास उपलब्ध गराउनेदेखि अन्तरिक्षमा आफ्नै स्याटेलाइट परिक्रमा गराउनेसम्मका सपना देखाउने गर्नुभएको छ । वास्तवमा यो आवश्यक पनि छ । वर्षौँदेखि निराशै निराशाबीच बाँचिरहेका नेपालीका लागि यो आवश्यकमात्र हैन, अत्यावश्यक नै पनि छ । आखिर सपनै देखिएन भने हुन्छ प्रगति कसरी ?

यही एकातिर सपनामा विश्वास गर्ने अर्कोतर्फ मुलुकलाई समृद्ध तुल्याउने उहाँको उद्देश्य मुलुकको प्रमुख नाराकै रूपमा स्थापित भएको देखिन्छ अर्थात ‘सुखी नेपाली, समृद्ध नेपाल’ । एउटा नेपालीका नाताले यो मेरो पनि इच्छा र उद्देश्य दुवै हो । त्यसैले यसमा कुनै पनि नेपालीले विमति देखाउनुपर्ने कुनै कारण म देख्दै देख्दिन । पौनै ३ करोड नेपालीले यही नारा पछ्याउने र आफ्नोतर्फबाट सक्दो भूमिकासमेत निर्वाह गर्ने हो भने यो असम्भव पनि छैन । आखिर सिंगापुर आजको अवस्थामा आइपुगेको, जापान संसारको आकर्षक गन्तव्य हुन सकेको कारण पनि त त्यहाँका मेहनती सर्वसाधारण न हुन् ।

नेपाललाई समृृद्ध त तुल्याउने तर कसरी ? यति ठूलो महतत्वाकांक्षी सोच बनाउने प्रधानमन्त्रीलगायत सरकारसँग पक्कै पनि केही योजना होला नै । तर मलाई लाग्छ, जबसम्म सम्पूर्ण जनताका लागि अत्यावश्यक गाँस, बास र कपाससँग यो विषय जोडिन्न तबसम्म यो नाराले सार्थकता पाउनेवाला छैन । त्यो भनेको यी तीनैथरी उपलब्ध गराउने आधार भूमिका समस्या समाधान नहोउन्जेल मुलुकले आफ्नो प्रमुख कार्यदिशा बनाएको नाराले मूर्त रूप हासिल गर्नै सक्दैन । बस्ने कहाँ ? भूमिमा । खाने के ? भूमिमा उत्पादन गरेर । लगाउने के ? भूमिमा उमारेकासामग्री प्रशोधन गरेर बनाइएका कपडा । त्यसैले प्रष्ट छ– खाने, बस्ने र लाउने तीनैथरीका लागि भूमि अत्यावश्यक छ ।

यी वास्तविकता बुझेर नै हामीले निरन्तररूपमा सबै नेपालीलाई आवासका लागि आवश्यकताअनुसारको घडेरी तथा कृषि एकमात्र पेसा भएकाहरूका लागि गरिखाने जमिनको माग उठाउँदै आएका हौँ । वास्तवमा मानिसलाई आवास र गरिखाने मेसो उपलब्ध भयो भने बल्ल प्रधानमन्त्रीले हरदम जपिरहने सुखी नेपाली, समृद्ध नेपालको नारा सार्थक हुने देखिन्छ । बस्ने ठाउँ नै छैन भने कहाँ बसेर सोच्ने उन्नति र प्रगतिका सपना ?

गरिखाने ठाउँ नै भएन भने भोको पेटले कसरी समृद्धिको गन्तव्य चुम्न सक्छ ? आखिर कृषिप्रधान मुलुक भएकाले पनि नेपालमा आर्थिक मेरुदण्ड नै कृषि क्षेत्र हो भन्ने त सबैलाई थाहा नै छ । लाखौँ भूमिहीन छन् यहाँ ।बिर्ता, गुठी, मोहियानी, उखडा, बेदर्ता, गाउँब्लक जस्ता जमिनसँग जोडिएका समस्याबाट पीडित पनि उत्तिकै छन् ।

अनि अधिया, बटैया, ठेक्का हुण्डा जस्ता सनातनी प्रथाले पिरोलेका पनि धेरै छन् । यस्तै समस्याका सहउत्पादन हुन्– कमैया, कमलरी, हरुवा, चरुवा आदि । त्यसैले जबसम्म भूमिका समस्या पहिचान गर्ने र निक्र्योल निकाल्दै समाधानको पथमा अघि बढिन्न तबसम्म माथि उल्लिखित सहउत्पादन जीवितै रहन्छन् । जब दिन÷रात खेतीमै पसिना चुहाउँदा चुहाउँदै पनि भोकै पर्न र मर्न बाध्य समुदाय रहिरहन्छ, तब कसरी हुन्छ समृद्ध नेपाल ? त्यसैले मुलुकलाई वास्तवमै समृद्ध तुल्याउने हो र नेपालीलाई साँच्चै खुसी÷सुखी तुल्याउने हो भने भूमिसँग जोडिएका समस्या समाधान गर्नैपर्छ । अन्यथा, कुनै हालतमा पनि प्रधानमन्त्री र सिंगो मुलुकले लिएको गन्तव्य पुग्नै सकिन्न । यो जोडदार ठोकुवा हो । नगारिकबााट

43 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार