२०७६, जेठ १० शुक्रबार

सरकारद्वारा विप्लवका गतिविधिमाथि प्रतिबन्ध ,राजनीतिक दल नभएकाले वार्ताका नगर्ने घोषणा

२०७५, फागुन २८ मङ्गलबार |

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक समूह ठहर गर्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको  छ।  । आज (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहको नाममा गतिविधि गर्दै आएको नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

विप्लव समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विष्फोट गराएको र शान्ति सुरक्षामाथि खलल पुर्‍याउँदै सर्वसारधणको ज्यान लिनेसम्मको आपराधिक काम गरेको सरकारको ठहर छ ।  मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको सरकारी उच्च स्रोतले बताएको छ । यस्तै विप्लवको नाममा कुनै पनि गतिविधि भए तत्काल कानूनी कार्वाही अघि बढाइने जनाइएको छ ।  आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादी राजनीतिक दल नभएको भन्दै वार्ताका नगर्ने बताएका थिए । उनले जहाँ जहाँ पैसा छ त्यहाँ बम आक्रमण गर्नेहरुसँग वार्ताको आवश्यकता नभएको बताएका थिए ।

80 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस