२०७६, जेठ ११ शनिबार

साताको पहिलो दिनमै शेयर बजारमा दोहोरो अंकको गिरावट

२०७६, बैशाख २२ आइतबार |

काठमाडौं- साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से १६ अंकले ओरालो लागेर १२७७ बिन्दुमा आई थामियो । यसदिन कारोबार भएका अधिकांश समूह ओरालो लागेसँगै नेप्से पनि ओर्लिएको हो । यसदिन कारोबार भएकामध्ये उत्पादनमुलक र अन्य समूह बाहेक अरु सबै समूह ओरालो लागेका हुन् ।  यसदिन जीवन बिमा समूह सबैभन्दा उच्च १२७ अंकले ओर्लियो । जलविद्युत समूहमा ५३ अंकको गिरावट आउँदा, लघुवित्त समूह २५ अंकले, जीवन बिमा समूह २४ अंकले झरेको हो । विकास बैंक, होटल र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ऋणात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७५ कम्पनीको २३ लाख १२ हजार कित्ता शेयर जम्मा ६५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

28 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस