२०७६, साउन ०६ सोमबार

स्थानीय तहले मास्टर प्लान बनाएर काम गर्नुपर्छ – मुख्यमन्त्री पोखरेल

२०७४, चैत १७ शनिबार |

बर्दिया – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बर्दियाका स्थानीय तहलाई ‘मास्टर प्लान’ बनाएर विकासको बाटोमाअघि बढाउन निर्देशन दिएका छन्। जिल्ला समन्वय समिति बर्दियाको आयोजनामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थानीय सरकारका जनप्रतिनिधिहरुबीच स्वागत तथा अन्तरक्रिया कार्यक्रममा उक्त निर्देशन दिएका हुन्। मुख्यमन्त्री भए पश्चात पहिलो पटक बर्दिया सदरमुकाम गुलरिया आएका पोखरेलले बर्दियाका तहहरुलाई कार्यालय भवन निर्माणका लागि करिब चार÷पाँच बिगा जमिन भएको स्थानमा बनाउन सल्लाह दिए। सिंहदरबारमा पाउने सेवाहरु स्थानीय सरकारमा आएकोले ती सेवाहरु प्रवाह गर्नको लागि स्थानीय तहको कार्यालयको स्थान प्रशस्त बनाउन सुझाव दिए। मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को स्थाय राजधानी समस्या नआउने स्थानमा राख्ने प्रयास गरीरहेको बताए। उनले भने,‘राजधानी भएको स्थानमा मात्र विकास हुने हैन। विकास त योजाना बनाएर सबै ठाँउमा गर्न सकिन्छ।’

402 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार