२०७५, चैत ०५ मङ्गलबार

स्वास्थ्य शिविरमा ३५१ को स्वास्थ्य परीक्षण

२०७५, पुष १४ शनिबार |

काठमाडौँ- बेबिलोन नेशनल स्कूल, शान्तिनगर र पद्मावती बचत तथा ऋण सहकारी संस्था नःबहाल, ललितपुरको आयोजनामा आज विद्यालय हातामा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । जनरल, आँखा, नाक, कान, घाँटी, दन्त, छाला तथा चर्मरोगसम्बन्धी विशेषज्ञले निःशुल्क सेवा दिएको शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दा गरी ३५१ को स्वास्थ्य परीक्षण गरी उपलब्ध भएका औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा आएकामध्ये अधिकांश छाला तथा चर्मरोगसँग सम्बन्धित र केटाकेटीमा दाँतको समस्या धेरै भेटिएको कार्यक्रम संयोजक टीकाप्रसाद सुवेदीले बताउनुभयो । विद्यार्थीलाई पढाउने मात्र नभई विद्यालयले समाजप्रतिको दायित्वसमेत निभाउँदै आएको उल्लेख गर्दै विद्यालयका प्रधानाध्यापक राजु राईले सोहीअनुसार विभिन्न समयमा स्वास्थ्य शिविर तथा रक्तदानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

‘जीवनको सार स्वस्थताको बहार’ भन्ने नाराका साथ आयोजित सो निःशुल्क स्वास्थ्य शिविरमा पद्यमावती स्वास्थ्य केन्द्र नःबहाल, ललितपुरका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

93 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार