२०७५, माघ ०८ मङ्गलबार

१८८ जना यात्रु सवार रहेको विमान समुद्रमा खस्यो

२०७५, कार्तिक १२ सोमबार |

इन्डोनेसियाको जाकार्ताबाट पांकल पिनांग जान लागेको विमान दुर्घटनामा परेको छ । घरेलु यात्रु बोकेर उडेको विमान विमानस्थलबाट उडेको १३ मिनेटमा नै समुद्रमा खसेको हो ।

जानकारीका अनुसार विमानमा १८८ जना सवार थिए । इन्डोनेशियाको सर्च एण्ड रेस्क्यू एजेन्सीका प्रवक्ता  यूसुफ लतीफले विमान दुर्घटनामा परेको पुष्टि गरेका छन् । हराएको विमान बोइंग–७३७ म्याक्स ८ हो ।

संसारभरको उडानको जानकारी राख्ने वेबसाइट फ्लाइटराडरको डाटामा लायन एयर फ्लाइट जेटी–६१० स्थानीय समयअनुसार बिहान करिब ६:२० बजे विमानस्थलबाट उडेको करिब १३ मिनेटपछि समुद्रमा खसेको देखाएको छ । सिग्नल टुट्नु केहीबेर अघि विमान करिब ३६५० फिट उचाइमा थियो

एजेन्सी

88 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

नेकपा अध्यक्ष दाहाल अस्वस्थ

२०७५, माघ ०८ मङ्गलबार