२०७५, पुष ०३ मङ्गलबार

३३ किलो सुन तस्करीमा निलम्बित सई बालकृष्ण सञ्जेल साधारण तारेखमा

२०७५, मङि्सर २० बिहिबार |

मोरङ – साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्याका आरोपी निलम्बित सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको छ । गएको जेठ ८ गते जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलाशले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिँदा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालतका रजिष्ट्रार नरायण रेग्मीले जानकारी दिनुभयो ।  जिल्ला अदालत मोरङले सञ्जेललाई आपराधिक समूह स्थापाना गरी सुन चोरीपैठारी तथा चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको चारवटै विषयमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

40 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०७५, पुष ०३ मङ्गलबार

शेयर फेरी दोहोरो अंकले घट्यो

२०७५, पुष ०३ मङ्गलबार