२०७५, कार्तिक ०३ शनिबार

४ करोड मूल्य बराबरको कोकिनसहित दुई विदेशी नागरिक ठमेलबाट समातिए

२०७४, माघ ०५ शुक्रबार |

काठमाडौं-करिब ४ करोड रुपैयाँ मूल्य बराबरको एक किलो ९०० ग्राम लागुऔषध कोकिनसहित दुईजना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २८ वर्षीय बोलिभियन नागरिक फ्रिडी ममानी आन्डीया र २८ वर्षीया थाई महिला खाउन्जाई खनारत रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरोले बिहीबार उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो । ब्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।कालो सुटकेसभित्र कार्बन पेपरमा बेरेर रोखेको अवस्थामा कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।बोलिभियन नागरिक आन्डीया ब्राजिल, इथियोपिया, भारत हुँदै नेपाल आएको प्रहरीले जनाएको छ ।

थाई महिला भने थाइल्यन्डबाट सोझै नेपाल आएको र दुवैजनाले कोकिन लेनदेन गर्न लागेको अवस्थामा होटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।यसअघि, २०७३ सालमा तीन किलोभन्दा बढी कोकिनसहित बोलिभियन महिला र गत असोज महिनामा दुई किलोभन्दा बढी कोकिनसहित बोलिभियन नागरिक पक्राउ परेका थिए ।

74 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

सरकार असफल बनाउन षड्यन्त्र- दाहाल

२०७५, असोज २६ शुक्रबार

दुर्घटनामा तीनको मृत्यु

२०७५, असोज २६ शुक्रबार

‘ग्याङ् फाइट’मा युवकको मृत्यु

२०७५, असोज २६ शुक्रबार

वेल्स स्पेनसँग ४-१ ले पराजित

२०७५, असोज २६ शुक्रबार

विश्व विजेता फ्रान्सको कठिन जीत

२०७५, असोज २६ शुक्रबार