२०७६, साउन ०६ सोमबार

७५३ स्थानीय तहमध्ये ९३ ले नाम तथा केन्द्र परिवर्तन गरे

२०७५, फागुन २५ शनिबार |

काठमाडौं- देशभरका ७५३ स्थानीय तहमध्ये ९३ ले नाम तथा केन्द्र परिवर्तन गरेका छन्। १७ तहले केन्द्र नचलाई नाम मात्र फेरेका छन्, ५५ तहले नाम यथावत राखी केन्द्र मात्रै सारेका छन्। २१ तहले भने नाम र केन्द्र दुवै परिवर्तन गरेका छन्। २०७३ पुस २२ मा स्थानीय तह पुनर्संरचना आयोगले देशभर ७१९ तह हुने गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर, सरकारले पटक पटक थपेर स्थानीय तहको संख्या ७५३ बनाएको थियो। ८७ गाउँपालिका, एक महानगर, एक उपमहानगर र चार नगरपालिकाले परिवर्तनको निर्णय गरेका समाचार नयाँ पत्रिका दैनिकमा छ। केन्द्र परिवर्तन गर्नेमा भौगोलिक रुपमा विकट मानिएका र विकासका हिसाबले पछाडि परेका स्थानीय तह बढी छन्। केन्द्र सार्नेमा ५५ तहमध्ये ५४ वटा गाउँपालिका छन्। नगरपालिकामा डोल्पाको ठूलीभेरीले मात्रै केन्द्र परिवर्तन गरेको छ। महानगरपालिका र उपमहानगरपालिकाले नाम फेरका छन्। साबिकको पोखरा–लेखनाथ महानगरपालिकाले नाम परिवर्तन गरी पोखरा महानगरपालिका बनाएको छ। यस्तै, जनकपुर उपमहानगरपालिकाले आफ्नो नाम जनकपुरधाम बनाएको छ।

145 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार